+
+
Shares

दिउँसै मापसे गर्नेमाथि ट्राफिक प्रहरीको एक्सन, १६ चालक कारबाहीमा

यसअघिसम्म राति करिब ८ बजेपछि मात्रै मापसे चेकिङ गर्दै आएको ट्राफिक प्रहरीले भने दिउँसो पनि मापसे चेकिङ गर्न सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १६:२८

१८ चैत, काठमाडौं । दिउँसै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालक लक्षित ट्राफिकले चेकिङ अघि बढाएको छ ।

यसअघिसम्म राति करिब ८ बजेपछि मात्रै मापसे चेकिङ गर्दै आएको ट्राफिक प्रहरीले भने दिउँसो पनि मापसे चेकिङ गर्न सुरु गरेको छ ।

गुनासो आउन थालेपछि दिउँसो पनि मापसे चेकिङ सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले बताए ।

आज बुधबारको चेकिङमा मात्रै १६ चालक कारबाहीमा परेका छन् । यसरी मापसे गर्नेहरूलाई ट्राफिक प्रहरीले गाडीसहित रामशाहपथमा ल्याएको छ । उनीहरूलाई त्यहाँबाट सम्बन्धित प्रहरी युनिटमा कारबाहीका लागि पठाइने एसएसपी अधिकारीले  बताए ।

यसअघि भने चिट काटेर छाड्ने गरेको ट्राफिकले अहिले भने चालकलाई नै नियन्त्रणमा लिएर प्रहरीकोमा पठाउन लागेको छ । यसरी नियन्त्रणमा लिएका चालकहरूमा स्कुल बस चालक समेत रहेको ट्राफिक प्रहरीले बताएको छ ।

स्कुल बस चालक, सार्वजनिक बस, माइक्रो चालक कारबाहीमा परेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?