+
+
Shares

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

आजै बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा पनि चयन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेले अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेकाले उपाध्यक्ष रामबहादुर थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।
  • संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेता पनि चयन गरेको छ।
  • थापाले संसदको अंकगणित कम भए पनि प्रतिपक्षीहरू जनमतका हिसाबले धेरै ठूलो रहेको दाबी गरेका छन्।

१८  चैत, काठमाडौं । एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएको छ ।

अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धि मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका उनी हिरासतबाट बाहिर नआउँदासम्मका लागि उनलाई कार्यवहाकको जिम्मेवारी दिएको हो । ‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको छु,’ ओलीले थापालाई लेखेर दिएको पत्रको व्यहोरा उद्धृत गर्दै एमाले नेता ऐन महरले भने ।

आजै बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा पनि चयन गरेको हो ।

संसदीय दलको नेता चयन भएपछि थापाले संसदको अंकगणित कम भए पनि जनमतका हिसाबले प्रतिपक्षीहरू धेरै ठूलो रहेको दाबी गरे ।

एमालेको गत महाधिवेशनबाट थापा उपाध्यक्ष बनेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?