News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले पार्टीका शुभचिन्तक र युवा पंक्तिलाई हतोत्साहित नहुन आग्रह गर्नुभएको छ।
- नेम्वाङले संसदीय दलको नेतामा दावी गर्नुभएको थियो तर अन्तिम समयमा समर्थकले साथ नदिएपछि हतोत्साहित नहुन आग्रह गर्नुभएको हो।
- नेम्वाङले एमालेलाई अझ सुदृढ बनाउँदै देशलाई समृद्धितिर लैजाने विश्वास व्यक्त गर्नुभएको छ।
१८ चैत, काठमाडौ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले पार्टीका शुचेच्छुक र युवा पंक्तिलाई हतोत्साहित नहुन आग्रह गरेका छन् ।
नेम्वाङले संसदीय दलको नेतामा दावी गरेका थिए । तर प्रस्तावक र समर्थक रहने आश्वासन दिएका सांसदहरुले समेत अन्तिम समयमा साथ नदिएपछि नेम्वाङले समर्थकहरुलाई हतोत्साहित नहुन आग्रह गरे ।
‘एमालेमा रहेको अलिअलि कमजोरीलाई सुधार्दै हिजो के भएको भन्नेमा आत्मलोचना, वर्तमान अवस्थामा कहाँ उभिएका छौ र भविष्यमा नेकपा एमाले अझै सुदृढ भएर अगाडि बढ्छ भन्ने विश्वासमा मैले एउटा पाइला चालेको हो,’ पत्रकारहरुसँग नेम्वाङले भने, ‘त्यो पाइला चाल्दा कहिलेकाही अपेक्षित नतिजा नआउन सक्छ । तर त्यसका कारणले हामी हतोत्साहित हुनुहुँदैन । एमालेका शुभचिन्तक र युवा पुस्ताले पनि हतोत्साहित हुनुहुँदैन ।’
नेम्वाङले आगामी दिनमा थप कदम चाल्दै जाने विश्वास पनि दिलाए । ‘एमालेले देशलाई समृद्धितिर लान्छ । संयम र सभ्य तरिकाले देश र जनताको पक्षमा कुरा उठाइरहन्छ । मैले यो एक पाइला मात्रै चालेको, अब चाल्दै गर्छु,’ उनले भने ।
प्रतिक्रिया 4