१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न दलको बैठक बोलाइएको हो ।
कांग्रेस सांसद गीता गुरूङले बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा उपस्थित हुन सूचना गरिएको जानकारी दिइन् ।
‘बैठकको एजेन्डाबारे केही भनिएको छैन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘साढे ११ बजे अनिवार्य उपस्थित हुनु भनेर खबर आएको छ ।’
प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुन गइरहेको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।
बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ ।
दोस्रो दलको हैसियतमा रहेको कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने भएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4