+

मिर्गौलापीडित कलाकार दीपक थापाको उपचारमा संगीतकर्मीको सहयोग

२०८२ चैत  १९ गते १४:२२ २०८२ चैत १९ गते १४:२२
मिर्गौलापीडित कलाकार दीपक थापाको उपचारमा संगीतकर्मीको सहयोग

१९ चैत, काठमाडौं । लामो समयदेखि मिर्गौला रोगसँग संघर्ष गरिरहेका संगीतकर्मी दीपक थापाका ‍लागि संगीतकर्मीहरूले आर्थिक सहयोग जुटाएका छन् । देश तथा विदेशमा रहेका नेपाली संगीतकर्मीहरूले उनका लागि आर्थिक सहयोग जुटाएका हुन् ।

संगीतकर्मी दीपक राईका अनुसार ४४ जना संगीतकर्मीहरूले कुल २ लाख ४४ रुपैयाँ उठाएर परिवारलाई हस्तान्तरण सम‍ेत गरिसकेका छन् ।

भैरहवामा जन्मिएका थापाको बाल्यकाल हङकङमा बितेको थियो । उनले टम ली म्युजिक सेन्टरमा क्लासिकल गिटार अध्ययन गरेका थिए ।

उनले ‘विदेश जाने मायालु तिमीलाई’ जस्तो लोकप्रिय गीत गाएका छन् भने थुप्रै चर्चित गीतमा संगीत सिर्जना र एरेन्ज गरेका छन् । सुक्मित गुरुङले गाएको ‘ओ मेरो प्रियतम’ गीतमा पनि उनको सिर्जनात्मक योगदान छ ।

थापाको दुवै मिर्गौला फेल भएका कारण अहिले हप्तामा तीन पटक डायलाइसिस गर्नुपर्ने अवस्था रहेको परिवारले जनाएको छ । चिकित्सकले उनको स्वास्थ्य सुधारका लागि मिर्गौला प्रत्यारोपण आवश्यक रहेको बताएका छन् ।

दीपकको उपचारमा सघाउन उनका परिवार र आफन्तले सहयोगको अपिल गरेका थिए ।

दीपक थापा मिर्गौला उपचार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?