+
पीएम कप क्रिकेट :

तृतको अर्धशतक, बसिरको अलराउन्ड प्रदर्शनमा मधेशलाई हराउँदै आर्मी शीर्षस्थानमा

२०८२ चैत  १९ गते १५:१३ २०८२ चैत १९ गते १५:१३
तृतको अर्धशतक, बसिरको अलराउन्ड प्रदर्शनमा मधेशलाई हराउँदै आर्मी शीर्षस्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ।
  • आर्मीले मधेशले दिएको १८५ रनको लक्ष्य २९.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।
  • आर्मीका लागि तृतराज दासले ७२ बलमा ६९ रन बनाए भने बसिर अहमदले ३ विकेट लिए ।

१९ चैत, काठमाडौं । तृतराज दासको अर्धशतक मद्दतमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । बिहीबार जनकपुरमा भएको खेलमा आर्मीले मधेशलाई ६ विकेटले पराजित गरेको हो ।

मधेशले दिएको १८५ रनको लक्ष्य आर्मीले २९.२ ओभरमा ४ विकेटको क्षतिमा पूरुा गर्‍यो । तृतराज दासले ७२ बलमा ७ चौका र ३ छक्कासहित ६९ रन बनाए । बसिर अहमदल ४१ रनमा अविजित रहे भने कप्तान विनोद भण्डारीले ३२ रन बनाए । भीम सार्कीले ८ रन बनाउँदा अर्जुन साउद १ रनमा अविजित रहे ।

मधेशका लागि मोहम्मद आदिल आलमले २ विकेट लिए भने पवन सर्राफ र विशाल सुस्लिङले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले ४८.३ ओभरमा अलआउट हुँदै १८४ रन बनाएको थियो । विशाल सुस्लिङले ७३ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए । कप्तान अनिल साहले ४२ तथा पवन सर्राफले २२ रन बनाए ।

आर्मीका लागि बसिर अहमदले ३ विकेट लिए भने नरेन साउद र शाहब आलमले २-२ विकेट लिँदा आकाश चन्द, कुशल मल्ल र पवन कार्कीले १-१ विकेट लिए ।

प्रतियोगितामा एकमात्र अपराजित टिम आर्मी ५ खेलमा ४ जितसहित ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

मधेशले भने पहिलो हार बेहोरेको हो । मधेश ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

त्रिभुवन आर्मी क्लब पीएम कप क्रिकेट मधेश प्रदेश क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय