News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपाका उपाध्यक्ष वर्षमान पुनले ०६४ सालको निर्वाचनमा पार्टीले पाएको मत सदुपयोग गर्न नसकेको स्वीकार गर्नुभयो।
- पुनले ०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले ठूलो विजय हासिल गरेको र ०७४ सालमा दुई दल मिलेर प्रतिस्पर्धा गरेको बताउनुभयो।
- उनले पार्टी एकता सदुपयोग गर्न नसकेको स्वीकार्दै रास्वपालाई शिक्षाको रुपमा लिएर देशलाई अघि लैजान नेकपाले सहयोग गर्ने बताउनुभयो।
१९ चैत, काठमाडौं । नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले तत्कालीन माओवादीले पाएको बहुमतलाई सदुपयोग गर्न नसकेको बताएका हुन् ।
‘०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झन्डैझन्डै यस्तै खालको विजय हासिल गरेको थियो । ०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा गर्यौँ,’ उनले भने, ‘पछिचाहिँ हामीले पार्टी एकता गर्यौँ । त्यसलाई सदुपयोग गर्न सकेनौँ जानेनौँ ।’
उनले रास्वपालाई शिक्षाको रुपमा लिएर पार्टी र देशलाई अघि लैजान आग्रह गरे । यसका लागि नेकपाले सहयोग गर्ने पनि उनको भनाइ छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4