१९ चैत, काठमाडौं । काठमाडौंमा गरिएको एक चेकजाँचका क्रममा यान्त्रिक अवस्था ठीक नभएका ३१ सवारी साधनका चालकमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
मुलपानी क्रिकेट ग्राउन्डनजिक गरिएको विशेष चेकिङमा क्रममा अधिकांश सवारी साधनको यान्त्रिक अवस्था समस्याग्रस्त रहेको पाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जसमध्ये अत्यन्त खराब रहेका ३१ सवारी साधनका चालकमाथिका कारबाही गरिएको जनाइएको छ ।
५२ सवारी साधन चेकजाँच गर्दा हेन्डब्रेक दुरुस्त नभएका, लाइट दुरुस्त नभएका, टायर धेरै खिइएका ३१ सवारी साधन भेटिएका थिए ।
अवस्था ठीक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रुको जीवन जोखिममा पर्नसक्ने भएकाले जोखिम कम गर्न चेकजाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4