News Summary
Generated by OK AI. Editorially reviewed.- फ्लोरिडामा गत महिना सवारी दुर्घटनामा परेका टाइगर वूड्सको बडीक्याम फुटेज प्रहरीले सार्वजनिक गरेको छ।
- वूड्सलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको, सम्पत्ति क्षति र कानुनी परीक्षण अस्वीकार गरेको आरोप लगाइएको छ।
- उनले उपचारका लागि विदेश जान अनुमति पाएका छन् र सन् २०२७ को रायडर कप कप्तानी अस्वीकार गरेका छन्।
२० चैत, काठमाडौं । गत महिना फ्लोरिडामा भएको सवारी दुर्घटनापछि पक्राउ परेका टाइगर वूड्सको बडीक्याम फुटेज प्रहरीले सार्वजनिक गरेको छ, जसमा उनी शान्त रूपमा प्रहरीसँग सहकार्य गरिरहेको देखिन्छ।
५० वर्षीय प्रोफेसनल गल्फर वूड्स शान्त देखिएका छन् र प्रहरीसँग सहयोग गरिरहेको देखिन्छ। गत महिना फ्लोरिडामा उनले गाडी चलाउने क्रममा ट्रकलाई ठक्कर दिएर आफ्नो कार पल्टाएका थिए।
घटनापछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा मुद्दा दर्ता गरेको छ। साथै, सम्पत्ति क्षति र कानुनी परीक्षण गर्न अस्वीकार गरेको आरोप पनि लगाइएको छ। उनले भने वकिलमार्फत दोषी नभएको निवेदन दिएका छन्।
भिडियोमा उनी घुँडा टेकेर बसेको अवस्थामा देखिएका छन् । उनले ‘फोनतिर हेरेंको बेलामा एक्कासि ठोक्कियो’ भनेको सुनिन्छ। दुर्घटनामा कोही घाइते भएन तर उनी गाडीको साइडबाट निस्कनुपरेको थियो। उनले श्वास परीक्षण पास गरे पनि अन्य औषधि परीक्षण भने अस्वीकार गरेका थिए।
प्रहरीका अनुसार उनी अत्यधिक पसिना आएको, आँखा फुलेको र चालढाल ढिलो भएको अवस्थामा थिए। उनले मदिरा सेवन नगरेको तर केही औषधि खाएको बताएका थिए। पछि उनको खल्तीबाट पीडानाशक औषधि हाइड्रोकोडोन भेटिएको थियो।
अदालतले उनलाई उपचारका लागि विदेश जान अनुमति दिएको छ र उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन केही समयका लागि गल्फबाट टाढा रहने बताएका छन्। यसैबीच, सन् २०२७ मा हुने रायडर कपको कप्तानी भूमिका पनि उनले अस्वीकार गरेका छन्।
पूर्व गल्फर निक फाल्डोले भने वुड्सले आफ्नो कामको जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले यो गम्भीर घटना भएको भन्दै सहानुभूति र जिम्मेवारी दुवै पक्ष आवश्यक रहेको उल्लेख गरेका छन्।
हेर्नुस् भिडियो
-बीबीसीबाट
प्रतिक्रिया 4