+
+
Shares
ओटीटी :

ओटीटीमा यो साता नयाँ : ‘सितारे जमीन पर’ सहितका १२ फिल्म, श्रृंखला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यो हप्ता ओटीटी प्लेटफर्ममा १२ नयाँ फिल्म र वेब-सिरिज सार्वजनिक भएका छन् जसमा क्राइम-थ्रिलर, रोमान्स, कमेडी र एक्सन समावेश छन्।
  • नेटफ्लिक्समा अप्रिल १ मा वीर दासको निर्देशनमा बनेको डार्क कमेडी 'ह्याप्पी पटेल्स खतरनाक जासूस' रिलिज भएको छ।
  • नेटफ्लिक्समा अप्रिल ३ मा 'वध २' र सोनी लिभमा 'सितारे जमीन पर' लगायतका फिल्म र प्राइम भिडियोमा 'माँ का सम' सिरिज सार्वजनिक भएका छन्।

मुम्बई । रणवीर सिंहको फिल्म ‘धुरन्धर २ : द रिभेन्ज’ हेरेपछि केही नयाँ हेर्ने सोचमा हुनुहुन्छ भने, यो हप्ता ओटीटी प्लेटफर्ममा राम्रा विकल्प आएका छन् । विभिन्न प्लेटफर्ममा १२ नयाँ फिल्म र वेब-सिरिज सार्वजनिक भैरहेका छन् ।

क्राइम-थ्रिलर, रोमान्स, कमेडीदेखि एक्सनसम्मका विविध विधाका सामग्री उपलब्ध छन् । संजय मिश्रा र नीना गुप्ताको ‘वध २’, आमिर खानको ‘सितारे जमीन पर’, वीर दासको ‘ह्याप्पी पटेल’ र ‘भाबीजी घर पर हैं’ फिल्मको डिजिटल रिलिजसँगै मोना सिंह अभिनित नयाँ सिरिज ‘माँ का सम’ पनि दर्शकमाझ आउँदैछ । के-ड्रामा रुचाउने दर्शकका लागि पनि सामाग्री छन् ।

‘ह्याप्पी पटेल्स खतरनाक जासूस’- अप्रिल १ (नेटफ्ल्क्सि)

वीर दासले निर्देशनमा डेब्यू गरेको यो फिल्म डार्क कमेडी शैलीमा बनेको छ । ९० को दशकको गोवा पृष्ठभूमिमा आधारित कथामा ग्याङस्टर, अन्तर्राष्ट्रिय एजेन्ट र एक अनाथ बालकको कथा देखाइएको छ । ३० वर्षपछि त्यही बालक ह्याप्पी जासूस बन्ने प्रयासमा हुन्छ, तर बारम्बार असफल हुन्छ । त्यसपछि उसलाई एउटा मिसनका लागि गोवा पठाइन्छ, जहाँ कथा रोचक र हाँस्यपूर्ण मोडमा अगाडि बढ्छ ।

‘वध २’- अप्रिल ३ (नेटफ्लिक्स)

पहिलो भागबाट चर्चामा आएको यो फिल्मको दोस्रो भाग ओटीटीमा आएको छ । सन् १९९४ मा दोहोरो हत्यको आरोपमा सजाय पाएकी मञ्जु देवीको कथा २८ वर्षपछि फेरि खुल्छ । जेलभित्रको सम्बन्ध, शक्ति र रहस्यसँगै फिल्म एक सशक्त थ्रिलरमा रूपान्तरण हुन्छ ।

‘सितारे जमीन पर’- अप्रिल ३ (सोनी लिभ)

आमिर खान अभिनित यस फिल्ममा एक जिद्दी बास्केटबल कोचको कथा छ, जसले अदालतको आदेशपछि डाउन सिन्ड्रोम भएका युवालाई प्रशिक्षण दिनुपर्ने हुन्छ । सुरुमा अस्वीकार गर्ने पात्रले क्रमशः जीवन र सम्बन्धको नयाँ अर्थ बुझ्दै जान्छ ।

‘माँ का सम’- अप्रिल ३ (प्राइम भिडियो)

यो सिरिज एक टीनएज गणित प्रतिभाको कथामा आधारित छ, जसले आफ्नी आमाका लागि ‘परफेक्ट पार्टनर’ खोज्न एल्गोरिदम प्रयोग गर्छ । तर प्रेमलाई गणनाले सम्हाल्न नसकिने कुरा उसले विस्तारै बुझ्दै जान्छ । कथा हल्का, रमाइलो र भावनात्मक छ ।

‘भाबीजी घर पर है : फन अन द रन’- अप्रिल ३ (जी५)

लोकप्रिय टिभी शोको फिल्म संस्करण अब ओटीटीमा आएको छ । रोड ट्रिपमा निस्किएका पात्र अपराधीसँग भेटिएपछि कथा रोचक मोडमा अघि बढ्छ । चिनिएको कमेडीसँगै नयाँ ट्विस्ट पनि थपिएको छ ।

‘ईट प्रे बार्क’- अप्रिल १ (नेटफ्लिक्स)

जर्मन कमेडी फिल्ममा पाँच मालिक र पाँच कुकुरको कथा छ । कथा अगाडि बढ्दै जाँदा मानिसलाई नै प्रशिक्षण चाहिने सन्देश हास्यपूर्ण ढंगले प्रस्तुत गरिएको छ ।

‘एजेन्ट फ्राम अबभ’- अप्रिल २ (नेटफ्लिक्स)

ताइवानमा बनेको यो साइन्स- फिक्सन सिरिजमा एक पात्रले आफ्नो गल्ती सच्याउन अलौकिक ‘कम्युनिटी सर्भिस’ गर्नुपर्छ । आत्मा देख्ने क्षमता र राक्षससँगको संघर्षले कथा रोचक बनेको छ ।

सिन्स अफ कुजो- अप्रिल २ (नेटफ्लिक्स)

एक वकिलको कथा, जसले अपराधीको पक्षमा काम गर्छ । नैतिक द्वन्द्व र अपराध दुनियाँको अँध्यारो पक्षलाई यो सिरिजले देखाउँछ ।

‘एक्सओ, किटी’ सिजन ३- अप्रिल २ (नेटफ्लिक्स)

लोकप्रिय के-ड्रामाको नयाँ सिजनमा किटी फेरि सियोल फर्किन्छिन् । सम्बन्ध, भविष्य र पारिवारिक रहस्यसँग जोडिएको कथा अगाडि बढ्छ ।

‘ब्लडहाउन्ड्स’ सिजन २- अप्रिल ३ (नेटफ्लिक्स)

बक्सिङ पृष्ठभूमिमा आधारित यो सिरिजमा दुई पात्र फेरि खतरनाक अन्तर्राष्ट्रिय लिगमा प्रवेश गर्छन् । यसपटक दाउ अझ ठूलो छ ।

‘ग्याङ्स अफ गालिसिया’ सिजन २- अप्रिल ३ (नेटफ्लिक्स)

स्पेनिस क्राइम सिरिजको नयाँ सिजनमा पुरानो ड्रग नेटवर्क फेरि सक्रिय हुन्छ । मुख्य पात्रहरू अलग-अलग पक्षमा उभिन्छन् ।

‘हाई टाइड्स’ सिजन ३- अप्रिल ३ (नेटफ्लिक्स)

यो बेल्जियन थ्रिलरको अन्तिम सिजन हो । पुराना रहस्य खुल्दै जान्छन् र सम्बन्धहरू जटिल बन्दै जान्छन् । यसरी, यो हप्ता ओटीटीमा विविध स्वादका सामग्री आएका छन् । हल्का कमेडीदेखि गहिरो थ्रिलरसम्म, दर्शकका लागि छनोट प्रशस्त छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?