२० चैत, सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्षीय छोरा सेतुराम बुढाथोकीको शुक्रबार दिउँसो नदीमा नुहाउने क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सेतुराम मुक्ति माध्यमिक विद्यालय, हिलेपोखरीमा अध्ययनरत थिए । उनी बनगाड कुपिण्डे नगरपालिका–१ स्थित प्रभाकर माध्यमिक विद्यालय, देवस्थल केन्द्रबाट परीक्षा दिइरहेका थिए ।
शुक्रबार परीक्षा सकेर फर्किएपछि अपराह्न करिब ४:३० बजे भेरी नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा डुबेका उनलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी नगर अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि मेहेलकुना अस्पताल, सुर्खेत रिफर गरिएको थियो ।
तर सुर्खेत पुगेपछि चिकित्सकले साँझ ६ बजे मृत घोषणा गरिएको छ ।
प्रतिक्रिया 4