News Summary
Generated by OK AI. Editorially reviewed.- संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गर्दा खसेको अवशेषले ७ नेपाली नागरिक घाइते भएका छन्।
- घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम छ भने एक नेपाली गम्भीर घाइते भएका छन् ।
- आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा पनि अवशेष खस्दा आगलागी भएको छ।
२० चैत, काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका छन् ।
आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ नेपालीको अवस्था सामान्यदेखि मध्यम खालको छ । एक नेपाली भने गम्भीर घाइते भएको गल्फ न्युज डटकमले जनाएको छ । सो घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन् ।
घाइतेहरुको नामावली भने सार्वजनिक भएको छैन ।
अज्बान क्षेत्र अबुधाबीको अल ऐनको उत्तरतर्फ र दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ ।
संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ । ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको बताइएको छ ।
घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन भई प्रभावित क्षेत्रमा सुरक्षात्मक व्यवस्था कडा पार्नुका साथै घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरूले बताएका छन् ।
As part of the ongoing follow-up to the previously reported incident in the Ajban area caused by falling debris following the successful interception by air defence systems, authorities confirm that the incident has resulted in minor to moderate injuries sustained by 6…
— مكتب أبوظبي الإعلامي (@ADMediaOffice) April 3, 2026
यसैबीच, आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा पनि अवशेष खस्दा आगलागी भएको र केही समयका लागि सञ्चालन रोकिएको जनाइएको छ । उक्त घटनामा भने मानवीय क्षति भएको छैन । सरकारी अधिकारीहरुले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न र अपुष्ट खबर नफैलाउन आग्रह गरेका छन् ।
यसअघि गत फागुनमा इरानको ड्रोन हमलामा परी यूएईमा सेक्युरिटी गार्डको रुपमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4