+

कोभेन्ट्री २५ वर्षपछि प्रिमियर लिगमा बढुवा हुने बलियो सम्भावना

२०८२ चैत  २१ गते ९:३५ २०८२ चैत २१ गते ९:३५
कोभेन्ट्री २५ वर्षपछि प्रिमियर लिगमा बढुवा हुने बलियो सम्भावना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोभेन्ट्री सिटीले इंग्लिस दोस्रो डिभिजन च्याम्पियनसिप लिगमा डर्बी काउन्टीविरुद्ध रोमाञ्चक खेलमा जित निकाल्दै २५ वर्षपछि शीर्ष डिभिजनमा फर्किने सम्भावना बलियो बनाएको छ।
  • ज्याक रुदोनीले दुई गोल गर्दै कोभेन्ट्रीलाई महत्वपूर्ण जित दिलाए भने फ्रान्क ओनिन्काले सुरुमै गोल गरेका थिए।
  • कोभेन्ट्रीले पछिल्ला ९ मध्ये ८ खेल जितेको छ र लिगको शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ।

२१ चैत, काठमाडौं । कोभेन्ट्री सिटीले इंग्लिस दोस्रो डिभिजन च्याम्पियनसिप लिगमा डर्बी काउन्टी विरुद्ध रोमाञ्चक खेलमा जित निकाल्दै २५ वर्षपछि शीर्ष डिभिजनमा फर्किने सम्भावना बलियो बनाएको छ।

खेलमा सब्सचिट्युट खेलाडीका रूपमा मैदान छिरेका ज्याक रुदोनीले दुई गोल गर्दै टोलीलाई जित दिलाए। प्रशिक्षक फ्रान्क लाम्पार्डको टोली कोभेन्ट्रीले लिगको शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ।

खेलमा सुरुमा फ्रान्क ओनिन्काले गोल गर्दै टोलीलाई अघि बढाए। डर्बीका बेन डियाजले बराबरी गोल फर्काए । रुदोनीले गोल गर्दै कोभेन्ट्रीलाई अग्रता दिलाए भने डियाजले पेनाल्टीमार्फत गोल गर्दै  दोस्रो पटक खेल बराबरीमा ल्याए ।

खेलको अन्त्यतिर रुदोनीले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

यो जितसँगै कोभेन्ट्रीले पछिल्ला ९ मध्ये ८ खेल जितेको छ र छिट्टै शीर्ष डिभिजनमा उक्लिने सम्भावना बलियो बनेको छ।

डर्बी काउन्टी भने प्लेअफ स्थानभन्दा चार अंकले पछाडि छ ।

-बीबीसीबाट

इ‌ंग्लिस प्रिमियर लिग कोभेन्ट्री च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय