+

नेशनल प्याथ ल्याबमा पीजीटीए सेवा सुरु, आईभीएफ सफलता बढ्ने

२०८२ चैत  २२ गते १९:१० २०८२ चैत २२ गते १९:१०
नेशनल प्याथ ल्याबमा पीजीटीए सेवा सुरु, आईभीएफ सफलता बढ्ने

काठमाडौं । उन्नत डायग्नोस्टिक सेवामा अग्रणी नेशनल प्याथ ल्याबले पीजीटीए जेनेटिक परीक्षण सेवा औपचारिक रूपमा सुरु गरेको छ । ल्याबका अनुसार यो परीक्षण आइभीएफ प्रक्रियाका क्रममा भ्रूण प्रत्यारोपणअघि गरिने उन्नत जेनेटिक स्क्रिनिङ हो, जसबाट भ्रूणमा क्रोमोजोमको संख्या सामान्य छ वा छैन भन्ने मूल्यांकन गर्न सकिन्छ ।

पीजीटी ए परीक्षणले भ्रूणमा हुने क्रोमोजोम असामान्यता पहिचान गर्न मद्दत गर्ने र यसले सफल तथा स्वस्थ गर्भावस्थाको सम्भावना उल्लेखनीय रूपमा बढाउने दाबी गरिएको छ । यसमार्फत ट्राइसोमी २१ (डाउन सिन्ड्रोम), ट्राइसोमी १८ (एडवर्ड सिन्ड्रोम), ट्राइसोमी १३ (पटाउ सिन्ड्रोम), मोनोसोमी तथा अन्य क्रोमोजोम असन्तुलनको जोखिम मूल्यांकन गर्न सकिने बताइएको छ ।

ल्याबले जनाए अनुसार परीक्षणका क्रममा भ्रूणको ब्लास्टोसिस्ट चरणबाट केही कोष संकलन गरी नेक्स्ट जेनेरेशन प्रविधिबाट विश्लेषण गरिन्छ ।

यो सेवा विशेषगरी आइभीएफ उपचार गरिरहेका दम्पती, ३५ वर्षभन्दा बढी उमेरका महिला, पटक–पटक गर्भधारण असफल भएका, बारम्बार गर्भपतन भएका, दम्पतीमध्ये कसैमा क्रोमोजोमसम्बन्धी समस्या रहेका तथा गम्भीर पुरुष बाँझोपन भएका अवस्थाका लागि उपयोगी मानिएको छ ।

नेशनल प्याथ ल्याबले आईभीएफ आधारित अत्याधुनिक जेनेटिक परीक्षण, विशेषज्ञ जेनेटिक काउन्सेलिङ, भ्रूण छनोटमा उच्च सटीकता तथा आईभीएफ चक्र योजना बनाउन सहयोगी छिटो नतिजा यस सेवाका विशेषता रहेको जनाएको छ।

यस परीक्षणका लागि आईभीएफ प्रयोगशालाबाट संकलन गरिएको भ्रूणको नमूना आवश्यक पर्नेछ । ल्याबका अनुसार परीक्षणको रिपोर्ट १० देखि १२ दिनभित्र उपलब्ध हुनेछ ।

नेशनल प्याथ ल्याबले नेपालमै यस्तो उन्नत जेनेटिक परीक्षण उपलब्ध गराएर सुरक्षित मातृत्व र सफल आईभीएफ परिणाममा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

पीजीटीए जेनेटिक परीक्षण सेवा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय