News Summary
Generated by OK AI. Editorially reviewed.- नीर शाह स्टारर 'परान' २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाएको नेपाली फिल्म बनेको छ।
- 'आबाट आमा' १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ र 'जेरी अन टप' १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाएर दोस्रो र तेस्रो स्थानमा छन्।
- यसवर्ष कुल ५६ वटा नेपाली फिल्म रिलिज भएका छन् र 'परान' वर्षकै सबैभन्दा ठूलो हिट बनेको छ।
काठमाडौं । नीर शाह स्टारर ‘परान’ २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ । चलचित्र विकास बोर्डले यसवर्ष प्रदर्शनमा आउने फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार, ‘परान’ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मका ६ लाख ३० हजार ६९१ वटा टिकट बिकेका छन् । यसवर्ष धेरै कमाउने फिल्मको दोस्रो स्थानमा पल शाह स्टारर ‘आबाट आमा’ छ । तेस्रोमा अनमोल केसी स्टारर ‘जेरी अन टप’ छ । चौंथोमा ‘ऊनको स्विटर’ छ ।
‘परान’ स्पष्ट रूपमा वर्षकै सबैभन्दा ठूलो हिट बनेको छ । ‘आ बाट आमा’ र ‘जेरी अन टप’ पनि ठूला व्यावसायिक सफल फिल्म हुन् । मिड-रेन्ज ब्लकबस्टरमा ‘जारी २’, ‘बलिदान’, ‘मोहर’ जस्ता फिल्मले राम्रो प्रतिस्पर्धा गरेका छन् ।
गत बैशाख १ गतेदेखि १८ चैतसम्म प्रदर्शनमा आएका फिल्मलाई यहाँ समेटिएको छ । ‘आबाट आमा’ र ‘हामी तीन भाइ’ अहिले पनि हलमा चलिरहेकाले ब्यापार अझै वृद्धि हुनसक्छ । यसवर्ष कुल ५६ वटा नेपाली फिल्म रिलिज भएका छन् ।
यस्तो छ शीर्ष १० को सूची :
१) परान- १७ करोड ७६ लाख ८४ हजार ४१० नेरु ग्रस
२) आबाट आमा- १३ करोड १३ लाख ७८ हजार ५२० नेरु ग्रस
३) जेरी अन टप- १२ करोड २८ लाख ८४ हजार नेरु ग्रस
४) उनको स्विटर- ११ करोड ४१ लाख ९२ हजार १९५ नेरु ग्रस
५) जारी २- ६ करोड २४ लाख १७ हजार ४५३ नेरु ग्रस
६) बलिदान- ५ करोड १० लाख ५१ हजार १७२ नेरु ग्रस
७) मोहर- ५ करोड ८ लाख ९५ हजार ५१२ नेरु ग्रस
८) हरिबहादुरको जुत्ता- ४ करोड ७१ लाख ३८ हजार ६८७ नेरु ग्रस
९) माग्ने राजा- ४ करोड ६९ लाख ४३ हजार ६५१ नेरु ग्रस नेरु ग्रस
१०) माइतीघर- ४ करोड १६ लाख ३१ हजार ८६३ नेरु ग्रस
प्रतिक्रिया 4