+
+
Shares

अपडेट : पिंगलास्थानबाट एक किलोभन्दा बढी खैरो हेरोइन बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते ७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको पिंगलास्थानबाट प्रहरीले दुई जना लागूऔषध कारोबारी भारतीय नागरिकलाई गोली चलाएर पक्राउ गरेको छ।
  • उनीहरुको साथबाट एक किलोभन्दा बढी खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
  • लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसरको टोलीले विशेष सूचनाको आधारमा संयुक्त कारबाही गरेको थियो।

काठमाडौं । प्रहरीले काठमाडौंको पिंगलास्थानबाट गोली चलाएर दुई जना लागूऔषध कारोबारी पक्राउ गरेको छ ।

उनीहरुको साथबाट किलो भन्दा बढी खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले लागूऔषध कारोबारी दुई जना भारतीय नागरिक र उनीहरुले प्रयोग गरेको गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ ।

विशेष सूचनाको आधारमा उनीहरुलाई पक्रन लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसरको टोलीले गएराति संयुक्त कारबाही चलाएका थिए ।

त्यसक्रममा गोली नै चलाउनुपर्ने अवस्था आइलागेको प्रहरीको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?