News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेश सरकारले बंगलादेश क्रिकेट बोर्डको वर्तमान कार्यसमिति भंग गर्दै पूर्वक्रिकेटर तमिम इकबाललाई नयाँ अध्यक्ष नियुक्त गरेको छ ।
- अमिनुल इस्लाम नेतृत्वको बोर्डलाई निर्वाचनमा अनियमितता भेटिएपछि पाँच सदस्यीय छानबिन समितिको सिफारिसपछि हटाइएको हो ।
- तमिमले ११ सदस्यीय एड–हक समितिको नेतृत्व गर्नेछन् ।
२४ चैत, काठमाडौं । बंगलादेश सरकारले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को वर्तमान कार्यसमिति भंग गर्दै पूर्वक्रिकेटर तमिम इकबाललाई नयाँ अध्यक्ष नियुक्त गरेको छ ।
मंगलबार गरिएको निर्णय अनुसार अमिनुल इस्लाम नेतृत्वको बोर्डलाई गत अक्टोबरमा भएको निर्वाचनमा विभिन्न अनियमितता गरेको भेटिएपछि हटाइएको हो । पाँच सदस्यीय छानबिन समितिको सिफारिसपछि सरकारले यस्तो कदम चालेको हो ।
३७ वर्षीय तामिम बीसीबीको सबैभन्दा कम उमेरका अध्यक्ष बनेका छन् । उनले ११ सदस्यीय एड–हक समितिको नेतृत्व गर्नेछन्, जसमा पूर्व कप्तान मिन्हाजुल आबेदिन र पूर्व खेलाडी तथा कमेन्टेटर अथर अली खान पनि रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले उक्त बोर्ड सही तरिकाले गठन नभएको र प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै भंग गरिएको जनाएको छ। यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई जानकारी गराइएको छ भने उक्त निर्णयलाई समर्थन गर्ने अपेक्षा समेत बीसीबीले गरेको छ ।
यसअघि बोर्डभित्र विवाद बढ्दै गएको, निर्वाचनको वैधतामाथि प्रश्न उठेको, तथा केही निर्देशकहरूले राजीनामा दिएपछि दबाब बढेको थियो ।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4