अनलाइनखबरको ५० प्रभावशाली महिलामा आफू परेपछि टेलिभिजन सिरियल भुन्टी र कान्छीका निर्माता/निर्देशक र कलाकार आशा गौतमले सम्मानको कदर गर्दै अगाडि बढ्ने बताएकी छिन् । उनले अवार्डपछि आगामी दिनमा अझ आफूलाई निर्खादै अघि बढ्ने बताएकी हुन् ।
यो अवार्ड पाउनुमा दर्शकहरूको माया आशीर्वाद र घर परिवार तथा सम्पूर्ण कलाकारहरूको साथका कारण सम्भव भएको बताएकी छिन् । सूचीमा पर्नु निकै गौरवान्वित भएको उनको भनाइ छ ।

‘यो सबै दर्शक महानुभावहरूको न्यानो माया आशीर्वाद र घर परिवार सम्पूर्ण कलाकारहरूको साथको कारणले गर्दा सम्भव भएको हो’ अवार्डको फोटो सामाजिक सञ्जालमा राख्दै उनले भनेकी छिन् । व्यस्तताले गर्दा उनी अवार्ड समारोहमा उपस्थित हुन सकेकी थिइनन्।
त्यस्तै उनले यो अवार्ड आफूलाई माया गर्ने सबै जनालाई समर्पित गर्न चाहने बताएकी छिन् । सोमबार आयोजित एक भव्य कार्यक्रममा उनी सहित ५० जना अन्य प्रभावशाली महिलाहरूलाई अनलाइनखबरले सम्मान गरेको थियो ।
आशा: जो ‘कान्छी’ र ‘भुन्टी’ मार्फत घर–घरको कथा भनिरहेकी छिन्
प्रतिक्रिया 4