+
+
Shares

बर्सेनि पाठ्यक्रम परिवर्तन हुँदा अभिभावक मारमा परे : सांसद पाठक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपका सांसद प्रकाश पाठकले पब्लिकेसनको कमिसनले बर्सेनि पाठ्यक्रम परिवर्तन हुँदा अभिभावक मारमा पर्ने बताएका छन्।
  • उनले भने, \'पाठ्यपुस्कका नाममा देशभरका झन्डै २४ लाख विद्यार्थीका अभिभावकले औसत ५ हजार रुपैयाँ खर्च गर्ने गरेका छन्।\'
  • सांसद पाठकले सामुदायिक र निजी विद्यालयबीचको पोशाक र पाठ्यक्रम अन्तरले शिक्षा प्रणालीमा ठूलो विभेद देखिएको उल्लेख गरे।

२५ चैत, काठमाडौं । रास्वपका सांसद प्रकाश पाठकले पब्लिकेसनको कमिसनले बर्सेनि पाठ्यक्रम परिवर्तन हुँदा अभिभावक मारमा पर्ने गरेको बताएका छन् ।

संसद्‍को शून्य समयमा बोल्दै सांसद पाठकले पाठ्यपुस्कका नाममा अभिभावक मारमा पर्ने गरेको बताएका हुन् ।

‘भर्ना शुल्क नलिन शिक्षा मन्त्रालयले निर्णय गरिसके पनि, पाठ्यपुस्कका नाममा देशभरका झन्डै २४ लाख विद्यार्थीका अभिभावकको औसत ५ हजार रुपैयाँका दरले ११ अर्ब ८४ करोड रकम खर्च हुने गरेको छ । पब्लिकेसनको कमिसनका कारण बर्सेनि पाठ्यक्रम परिवर्तन हुँदा त्यसको प्रत्यक्ष मार अभिभावकहरुमा पर्ने गरेको छ,’ उनले भने ।

पोषाक र पाठ्यक्रममा सामुदायिक र निजी विद्यालय बीचको अन्तरले नेपालको शिक्षा प्रणालीमै ठूलो विभेद देखिएको उनले बताए ।

‘यसलाई सदाका लागि अन्त्य गर्न अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नसक्ने एकै मापदण्डका पाठ्यपुस्तक निजी र सामुदायिक विद्यालयमा समावेश गर्न तथा सबै विद्यालयहरूमा एकै पोशाक कायम राखी शैक्षिक विभेद हटाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?