+
+
Shares

कारागारहरूको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग

नेविसंघले कारागारको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्यार्थी संघले कारागार विभागलाई कारागारभित्र कैदीबन्दीमाथि अनियमितता र आर्थिक शोषणबारे छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
  • ज्ञापनपत्रमा सेन्टर जेल तथा महिला जेलमा कैदीबन्दीको स्वास्थ्य उपचार, सरसफाइ र व्यवस्थापनमा लापरबाही भएको उल्लेख छ।
  • संघले मानसिक रोगी कैदीबन्दीले आवश्यक उपचार नपाएको र कर्मचारीले आर्थिक शोषण गरेको आरोपसहित अनुसन्धानको माग गरेको छ।

२५ चैत, काठमाडौं । नेविसंघले कारागारको बेथिति र भ्रष्टाचारबारे छानबिनको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

नेपाल विद्यार्थी संघले कारागार विभागसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । जसमा कारागारभित्र कैदीबन्दीमाथि भएको भनिएको अनियमितता र आर्थिक शोषणबारे गम्भीर चिन्ता व्यक्त गर्दै छानबिन र दोषीलाई कारबाहीको माग गरिएको छ ।

संघले कारागार विभागलाई सम्बोधन गर्दै बुझाएको ज्ञापनपत्रमा जगन्नाथदेवल कारागारअन्तर्गत सेन्टर जेल तथा महिला जेलमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य उपचार, सरसफाइ तथा व्यवस्थापनमा लापरबाही भएको उल्लेख छ । मानसिक रोगी तथा बिरामी कैदीबन्दीहरूले आवश्यक उपचार नपाएको र विभिन्न सेवाका लागि अनावश्यक रूपमा रकम असुलिने गरेको आरोप लगाइएको छ ।

केही कर्मचारी र जेल प्रशासनका पदाधिकारीहरू मिलेर कैदीबन्दीमाथि आर्थिक शोषण गरेको आरोप छ । कैदीबन्दीहरूले अडियो–भिडियो प्रमाणसहित उजुरी दिएको उल्लेख गर्दै यसलाई गम्भीर आपराधिक प्रकृतिको गतिविधिका रुपमा अनुसन्धान गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?