+
+
Shares

ठेक्काको अनलाइन प्रणालीको विवरण हेरफेर गर्ने ६ जना पक्राउ

विभिन्न परियोजनाको ठेक्काको अनलाइन प्रणालीको विवरण नै हेरफेर गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते २०:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारी अनलाइन प्रणालीमा अनाधिकृत पहुँच गरी विभिन्न परियोजनाको ठेक्काको विवरण हेरफेर गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास रहेका छन्।
  • प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरी संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ।

२५ चैत, काठमाडौं । विभिन्न परियोजनाको ठेक्काको अनलाइन प्रणालीको विवरण नै हेरफेर गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको उजुरीको आधारमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल, जीवनकुमार दास रहेका छन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूमाथि संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?