+
+
Shares

एमालेका अध्यक्ष ओलीलाई जिम्मा जमानीमा छाड्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्चको आदेश अनुसार जिम्मा जमानीमा छाड्ने प्रक्रिया अघि बढाइएको छ।
  • ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते पक्राउ गरिएको थियो।
  • उनको जटिल स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो।

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन् ।

प्रहरीले उनलाई जिम्मा जमानीमा छाड्ने तयारी गरेको छ । सर्वोच्चको आदेश अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेकाले अब छाड्ने प्रक्रिया अघि बढाइएको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले ओलीलाई छाड्ने प्रक्रिया अघि बढाइएको अनलाइनखबरलाई जानकारी दिए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

सोही दिन पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका थिए । लेखकलाई नेपाल प्रहरीको दुई नम्बर गण महाराजगन्जमा राखिएको छ ।

लेखकलाई पनि रिहा गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसलगत्तै ओलीकी पत्नी राधिका र लेखककी पत्नी यशोदाले आफ्ना पतिलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत  बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा उनीहरुलाई शर्तसहित छाड्न आदेश दिएको थियो । सँगसँगै ओली र लेखकको हिरासतलाई कानूनसम्मत ठान्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न भने अस्विकार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?