+

ललितको पाँच विकेटमा पुलिसले कर्णालीलाई हरायो

२०८२ चैत  २६ गते १७:२० २०८२ चैत २६ गते १७:२०
ललितको पाँच विकेटमा पुलिसले कर्णालीलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले पीएम कप क्रिकेटमा कर्णाली प्रदेशलाई ४८ रनले हराउँदै चौथो जित हासिल गरेको छ ।
  • ललित राजवंशीले ९.२ ओभरमा ५ विकेट लिएर पुलिसको जितमा महत्वपूर्ण भूमिका खेले ।
  • पुलिसले ७ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा पुगेको छ भने कर्णाली नवौं स्थानमा छ ।

२६ चैत, काठमाडौं । ललित राजवंशीले पाँच विकेट लिएपछि नेपाल पुलिस क्लबले पीएम कपमा कर्णाली प्रदेशलाई हराउँदै चौथो जित हासिल गरेको छ ।

बिहीबार वीरगन्जमा भएको खेलमा पुलिसले कर्णालीलाई ४८ रनले पराजित गरेको हो । पुलिसले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णालीले ४५.२ ओभरमा अलआउट हुँदै २१३ रन बनायो ।

अर्जुन घर्तीले सर्वाधिक ४६ रन बनाए । सुनिल धमलाले ३४, बिपिन रावलले २८ तथा दिनेश अधिकारी र दिवान पुनले समान १६ रन बनाए । बिपिन शाहीले १५, प्रकाश जैशीले १४, रविन्द्र शाहीले १२ रन बनाए ।

पुलिसका ललित राजवंशीले ९.२ ओभरमा ३६ रन दिएर ५ विकेट लिए । करण केसीले ३ तथा दिपक चन्द र आरिफ शेखले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको थियो । दिनेश खरेलले १०० बलमा ९ चौका र १ छक्का मद्दतमा ८२ रन बनाए ।

अमित श्रेष्ठले ३०, कप्तान आरिफ शेखले २७, राशिद खानले २४, दिल्साद अलीले २३ अनि करण केसीले अविजित रहँदै २१ रन बनाए ।

कर्णालीका प्रकाश जैशीले ३ विकेट लिँदा दिनेश अधिकारी र अनुज चनराले २-२ तथा दिवान पुनले १ विकेट लिए ।

पीएम कपमा पुलिसको यो चौथो जित हो । ७ खेलमा ९ अंक जोडेको पुलिस अंकतालिकामा तेस्रो स्थानमा छ भने ८ खेलमा ३ अंक मात्र जोडेको कर्णाली नवौं स्थानमा छ ।

कर्णाली पनि शीर्ष ४ को होडबाट बाहिरिएको छ । यसअघि कोशी प्रदेश पनि शीर्ष ४ को होडबाट बाहिरिसकेको छ ।

कर्णाली प्रदेश क्रिकेट नेपाल पुलिस क्लब पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय