News Summary
Generated by OK AI. Editorially reviewed.- उपसभामुख चयनका लागि आज अपराह्न निर्वाचन हुँदैछ।
- उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राप्रपाकी सांसद सरस्वती लामा उम्मेदवार छन्।
- रास्वपाले रुबीकुमारी ठाकुरलाई समर्थन गरेको छ।
२७ चैत, काठमाडौं । उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ ।
अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।
उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा उम्मेदवार छन् । उनीहरु दुवै समानुपातिक सांसद हुन् ।
२५ वर्षीया ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको छ । प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेकाले उसको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4