+
+
Shares

उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
  • सत्तारुढ दल रास्वपाले पनि ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
  • आज उपसभामुख पदको निर्वाचन हुँदैछ जसमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी छ।

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । उनलाई सत्तारुढ दल रास्वपाले पनि समर्थन गर्ने निर्णय गरेको छ ।

२५ वर्षकी ठाकुर श्रम संस्कृतिबाट समानुपातिकतर्फकी सांसद हुन् ।

आज उपसभामुख पदको निर्वाचन हुँदैछ । उक्त पदमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी परेको छ । लामालाई राप्रपाको एकल समर्थन र प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?