+
+
Shares

सार्वजनिक सवारीमा अनिवार्य आरक्षित सिट नराखे कारबाही गर्ने सरकारको चेतावनी

यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १८:३१

२७ चैत, काठमाडौं । सार्वजनिक सवारीसाधनमा आरक्षित सिट अनिवार्य नराखे अब सरकारले कारबाही गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । यात्रुवाहक सवारीसाधनमा चार सिट अशक्त व्यक्तिका लागि र दुई सिट महिलाका लागि आरक्षित गरिएको छ ।

लामो तथा छोटो दुरीका सवारीसाधनले यस्तो सिट अनिवार्य नगरेको पाइएको भन्दै विभागले कारबाही चेतावनी दिएको हो । विभागले लामो बाटोमा सञ्चालन हुने सवारीका हकमा गन्तव्य स्थानतर्फ प्रस्थान गर्नुभन्दा न्यूनतम चार घण्टा अगाडिसम्म सिट सुरक्षित राख्नुपर्ने समेत स्पष्ट पारेको छ ।

विभागले सार्वजनिक सवारीसाधनको भाडा बढाउँदै गर्दा समेत सोही विषय स्मरण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?