+

ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरको समर फुटबल क्याम्प सुरु

२०८२ चैत  २८ गते १५:२९ २०८२ चैत २८ गते १५:२९
ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरको समर फुटबल क्याम्प सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन र गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर फुटबल क्याम्प २०२६ सुरु गरेको छ।
  • सातदोबाटोस्थित नेपाल स्पोर्ट्स फेलोसिप मैदानमा वैशाख ५ गतेसम्म चल्ने क्याम्पमा ४ देखि १६ वर्षका ६१ विद्यार्थी सहभागी छन्।
  • क्याम्पले विद्यार्थीलाई ग्याजेटबाट टाढा राख्दै फुटबलमा आकर्षित गर्ने र दुई प्रशिक्षार्थीलाई छात्रवृत्ति दिने योजना बनाएको छ।

२८ चैत, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले शनिबारदेखि समर फुटबल क्याम्प २०२६ सुरु गरेको छ ।

सातदोबाटो स्थित नेपाल स्पोर्ट्स फेलोसिपको मैदानमा आजदेखि आयोजित यो क्याम्प वैशाख ५ गते सम्म हुने छ । पहिलो दिन को क्याम्पमा ६१ विद्यार्थी सामेल थिए ।

छुट्टीको समयमा विद्यार्थीहरू लामो समय फोन, ल्यापटप, टिभी जस्तै इलेक्ट्रोनिक उपकरण हेर्दै आफ्नो समय बिताउने गर्दै गरेको र त्यसले दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने हुँदा विद्यार्थीहरू लाई ग्याजेट बाट केही समय भए पनि टाढा राख्ने उद्देश्यका साथ यो क्याम्प आयोजना गरिएको हो ।

विद्यार्थीको मानिसको र शारीरिक स्वास्थ्यका साथै नेपालको लोकप्रिय खेल फुटबलमा सानै उमेर देखि आकर्षित पार्ने योजना पनि यस क्याम्पको रहेको छ ।

४ देखि १६ वर्ष सम्मका बालबालिका रहेको यस क्याम्पको पहिलो दिनमा उमेर अनुसार समूह विभाजन गरि प्रशिक्षण गराइयो । विद्यार्थीहरूलाई बिराज साथसाथै अन्य एएफसीद्वारा प्रमाणित उत्कृष्ट प्रशिक्षकहरूले प्रशिक्षण दिने छन् । विकेश भने त्रिभुवन आर्मी फुटबल क्लबसँग विराट गोल्डकप खेल्न गएकाले आज क्याम्पमा उपस्थित थिएनन् । उनी सम्मिलित त्रिभुवन आर्मी फुटबल क्लबले आज झापा ११ सँग आफ्नो पहिलो खेल खेल्ने छ ।

बालबालिकाको वृद्धिलाई लक्षित गर्दै डेभलपमेन्ट प्लान तयार गरि सोही अनुसार क्याम्प अवधि भर बालबालिकालाई प्रशिक्षण गराइने छ । नेपाल फुटबल खेलाडी संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी विक्रम लामा र एजिसका प्रबन्ध निर्देशक सुरज मगरद्वारा टीएफटीसी समर फुटबल क्याम्प २०२६ को औपचारिक उद्‌घाटन गरिएको थियो । एजिस स्पोर्ट्स वेयर बिक्रेता कम्पनी हो । यस कम्पनीले विशेष गरि जिम वेयर्सको बिक्री गर्दै आएको छ ।

विगत ६ महिनादेखि बालबालिकाको फुटबल खेल कौशलको विकास र वृद्धिमा काम यस ट्रेनिङ सेन्टर गर्दै आएको छ । ट्रेनिङ सेन्टरले हरेक शनिबार ग्रासरुट प्रशिक्षण गराउँदै आएको छ । यस क्याम्पमा सहभागी मध्यबाट सम्भावना देखिएका २ प्रशिक्षार्थीले १ वर्षको लागि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति पाउने छन् ।

ट्वेल्व फुटबल ट्रेनिङ सेन्टर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय