+
+
Shares

अमेरिकी र इरानी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

शनिबार दुवै देशका प्रतिनिधिमण्डलसँग शरिफले भेटेर वार्ता सफल बनाउने सहयोग गर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १७:२६

२८ चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्तिवार्ताका लागि आएका अमेरिकी र इरानी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । शनिबार दुवै देशका प्रतिनिधिमण्डलसँग शरिफले भेटेर वार्ता सफल बनाउने सहयोग गर्ने बताएका छन् ।

आजै इस्लामावाद पुगेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्री शरिफसँग प्रधानमन्त्री कार्यालय पुगेर भेटवार्ता गरेका छन् ।

भेटमा पाकिस्तानी प्रधानमन्त्री शरिफले पाकिस्तान शान्तिवार्तालाई प्रगति दिलाउन सहयोग गर्ने बताएका छन् ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयका अनुसार त्यसअघि प्रधानमन्त्री शरिफले इरानी वार्ता टोलीका प्रमुख संसद्का अध्यक्ष मोहम्मद बाकर कालीबाफ र इरानी विदेशमन्त्री अब्बास अरागचीसँग पनि भेटवार्ता गरेका थिए ।

इरानी सञ्चारमाध्यमले सो बैठकको तस्वीर सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?