+
+
Shares

बाँकेमा बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँकेमा बोलेरोले साइकलयात्री अधिस थारूलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको छ।
  • ठक्कर क.प्र.०२–००१ च १५७२ नम्बरको बोलेरोले जेठिनाला गाउँपालिका–३ मा दिएको थियो।
  • प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

२८ चैत, काठमाडौं । बाँकेमा बोलेरोको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका–३ जेठिनालास्थित सडकमा क.प्र.०२–००१ च १५७२ नम्बरको बलेरोले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, ठक्करबाट साइकलयात्री सोही गाउँपालिका–३ नौवस्ता बस्ने २६ वर्षीय अधिस थारूको शनिबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बलेरो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?