+
+
Shares

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर दिउँसो सवा ४ बजे अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

भविन कार्की भविन कार्की
२०८२ चैत २८ गते १९:११

२८ चैत, संखुवासभा । कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर दिउँसो सवा ४ बजे अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा तीन जना गम्भीर घाइते भएका थिए । जसमध्ये खाँदबारी–९ तुम्लिङटारका ११ वर्षीय मनिष कुमालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मेघराज अर्यालले जानकारी दिए ।

घटनालगत्तै नेपाली सेनाको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । उद्धार गरिएका तीनै जनालाई तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा उपचार गर्न पुर्‍याइएको थियो ।

घाइते हुनेहरूमा खाँदबारी–९ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

दुर्घटनापछि ट्याक्टर चालक खाँदबारी–९ सागुरीका २० वर्षीय सुशान लिम्बु फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?