News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघले क्रिकेटर करण केसीले सामाजिक सञ्जालमा दिएको अम्पायरविरुद्धको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
- संघले उक्त टिप्पणीले अम्पायरहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा आघात पुगेको भन्दै क्यानसमक्ष कडा कारबाहीको माग गरेको छ।
- करण केसीले ट्रोल क्रिकेट नेपालमा अम्पायरको निर्णयसम्बन्धी विवादित पोस्टमा 'अम्पायरलाई गल्तीले कुटेमा कस्तो कारबाही हुन्छ?' भनी कमेन्ट गरेका थिए।
२८ चैत, काठमाडौं । नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघले क्रिकेटर करण केसीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै उक्त टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ‘संघको आकस्मिक बैठक बसी नेपाल पुलिस क्लब तथा राष्ट्रिय टिमका खेलाडी करण केसीद्वारा अम्पायरको निर्णय सम्बन्धी सोसिअल मिडियामा आएको समाचारमा दिएको अभिव्यक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यस्ता निन्दनीय कार्यको हामी घोर भर्त्सना गर्दछौं’ अध्यक्ष मोहम्मद शफिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उक्त टिप्पणीले अम्पायरहरूको पेशागत सुरक्षा र आत्मसम्मानमा आघात पुगेको संघको ठहर छ। यस्ता गतिविधि निरुत्साहित गर्नका लागि क्यानसमक्ष कडा कारबाहीको माग पनि संघले गरेको छ ।
यसअघि करण केसीले ट्रोल क्रिकेट नेपालमा अम्पायरको निर्णयसम्बन्धी विवादित पोस्टमा कमेन्ट गर्दै “अम्पायरलाई गल्तीले कुटेमा कस्तो कारबाही हुन्छ?” भन्ने घुमाउरो जिज्ञासा राखेका थिए।
मधेश प्रदेशमा जारी पीएम कप क्रिकेटमा अम्पायरले गरेको निर्णयप्रति खेलाडीहरू असन्तुष्ट देखिँदै आएका छन् ।
खेलाडीले मैदानमा केही समय प्रतिवाद गरेपनि यस्तो आक्रोशपूर्ण अभिव्यक्ति भने पहिलोपटक आएको हो ।

प्रतिक्रिया 4