+

उसुका विजय र सुस्मिता उसु विश्वकप खेल्ने

२०८२ चैत  २९ गते ८:२९ २०८२ चैत २९ गते ८:२९
उसुका विजय र सुस्मिता उसु विश्वकप खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको होकाईमा जुलाई ४ देखि ९ सम्म हुने चौथौ थाउलो विश्वकपका लागि नेपालबाट विजय सिन्जाली र सुस्मिता तामाङ छनोट भएका छन्।
  • गत सेप्टेम्बर ब्राजिलमा भएको १७औं विश्व च्याम्पिनसिपमा विजयले ९.७१० र सुस्मिताले ९.६७० अंक प्राप्त गरेका थिए।
  • विजय सिन्जालीले जापानको तेस्रो उसु थाउलु विश्वकपमा कास्य पदक जितेका थिए र सुस्मितालाई एसियन गेम्मका लागि छात्रवृत्ति दिइएको छ।

२९ चैत, काठमाडौं । चीनको होकाईमा जुलाई ४ देखि ९ तारिकसम्म हुने चौथौ थाउलो विश्वकपका लागि नेपालबाट दुई खेलाडी छनोट भएका छन् ।

नेपालबाट चेन्सु विधामा विजय सिन्जाली र ताउसु विधामा सुस्मिता तामाङले उसु विश्वकप खेल्ने भएका हुन् ।

गत सेप्टेम्बर १ देखि ७ सम्म ब्राजिलको ब्रासेलियामा भएको १७औं विश्व च्याम्पिनसिपमा गरेको प्रदर्शनका आधारमा दुवै खेलाडी छनोट भएका हुन् । जसमा विजयले ९.७१० र सुस्मिताले ९.६७० अंक प्राप्त गरेका थिए ।

विजय सिन्जाली यसअघि जापानको योकोहामामा सम्पन्न तेस्रो उसु थाउलु विश्वकपमा ऐतिहासिक कास्य पदक हासिल गर्न सफल भएका थिए । जसबापत उनले नेपाल सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गरेका थिए ।

विजय हाल न्युजिल्यान्डको एन जेड उसु एकेडेमीमा वैदेशिक प्रशिक्षणमा रहेका छन् । सुस्मिता तामाङलाई नेपाल ओलम्पिक कमिटिले २०औं एसियन गेम्मका लागि मासिक ५० हजारको छात्रवृत्ति प्रदान गरेको छ । सुस्मिता पनि चाँडै वैदेशिक प्रशिक्षणमा जाने उसु संघले जनाएको छ ।

विजय र सुस्मिता दुवैले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका थिए ।

दुवै खेलाडी एकदमै मेहेनती र प्रतिभाशाली रहेकोले यस पटक पनि विश्वकपमा नेपालले पदकको दाबेदारी दिने अन्तराष्ट्रिय उसु प्रशिक्षक निकेस श्रेष्ठले बताए ।

उसु थाउलो विश्वकप विजय सिन्जाली सुस्मिता तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय