+
+
Shares

के राम्रो निद्राका लागि ‘क्याम्पिङ’ ठीक हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राकृतिक प्रकाश र रातको अँध्यारोमा बस्दा सुत्ने समय करिब दुई घण्टा अगाडि सर्छ र हृदय रोग र डिप्रेसनको जोखिम कम हुन्छ।

राम्ररी निदाउन नसक्नु पछिल्लो जीवनशैलीको एउटा ठूलो समस्या बन्दै गइरहेको छ । अत्याधिक मात्रामा स्क्रिन टाइम, तनाव, अव्यवस्थित खानपान आदिका कारण यो समस्या धेरैमा देखिरहेको छ ।

यद्यपि, अनिद्राको समस्या झेलिरहेका व्यक्तिहरूका लागि प्रकृतिसँगको सामीप्यता अर्थात् ‘क्याम्पिङ’ एउटा प्रभावकारी समाधान हुन सक्ने अध्ययनहरूले देखाएका छन् । ओछ्यानको अभाव र बाहिरी वातावरणको चुनौतीका बाबजुद पनि चराहरूको चिरबिर र प्राकृतिक प्रकाशमा सुत्दा निद्राको गुणस्तरमा उल्लेख्य सुधार आउने ती अध्ययनहरूको दाबी छ।

मुख्य रूपमा यसबारे अमेरिकाको युनिभर्सिटी अफ कोलोराडो बोल्डरका प्रोफेसर केनेथ राइट र उनको टोलीले अनुसन्धान गर्दै आइरहेका छन् । राइट युनिभर्सिटीको स्लिप एण्ड क्रोनोबायोलोजी ल्याबोरेटरीका निर्देशक हुन् । उनले विगत १५ वर्षदेखि क्याम्पिङ, प्राकृतिक प्रकाश र मान्छेको जैविक घडीबीचको सम्बन्धमा विभिन्न चरणमा अध्ययन गर्दै आएका छन् ।

उनको अनुसन्धानका अनुसार अधिकांश मान्छेहरू सूर्य अस्ताएको धेरै समयपछि मात्र सुत्ने गर्छन् । त्यसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ । तर, क्याम्पिङले हाम्रो शरीरको जैविक घडीलाई रिसेट गर्न सक्छ ।

त्यस्तै प्राकृतिक प्रकाश र रातको अँध्यारोमा बस्दा हाम्रो सुत्ने समय अन्य समयको तुलनामा करिब दुई घण्टा अगाडि सर्छ । यसले हृदय रोग र डिप्रेसन जस्ता गम्भीर स्वास्थ्य समस्याहरूको जोखिम कम गर्न सहयोग पुर्‍याउँछ ।

त्यस्तै क्याम्पेनिङमा जाने धेरैजसोले निद्रा राम्ररी लागेको भनेर टिप्पणी गर्ने गरेका छन् । अहिले नेपालमा पनि यो संस्कार बिस्तारै बढ्दै गइरहेको देखिन्छ । विशेषत: शहरमा बस्नेहरू यो संस्कारमा भिज्दै गइरहेको देख्न सकिन्छ । यद्यपि क्याम्पेनिङमा जाँदा अपनाउनु पर्ने केही तरिकाहरू भने छन् ।

रूखमुनि पाल नटाँग्ने

सजिलो हुने भनेर धेरैले रूखमुनि पाल टाँग्ने गर्छन् । तर, त्यसो गर्नु उचित हुँदैन । वर्षाको समयमा रूखबाट झर्ने ठूला थोपाको आवाजले झन् बढी आवाज निकाल्छन् र यसले सुत्नमा समस्या पार्छ ।

जमिनको चिसोबाट बच्ने

जमिनको चिसोबाट बच्नका लागि भुइँमा राम्रो इन्सुलेशन प्याडको प्रयोग गर्नुपर्छ ।

घरायसी विकल्प

यदि क्याम्पिङ जान सम्भव छैन भने घरमै पनि साँझको समयमा मधुरो वा रातो प्रकाशको प्रयोग गरेर प्राकृतिक वातावरणको आभास दिलाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?