News Summary
Generated by OK AI. Editorially reviewed.- सेभेन सिज इन्टरनेसनलले तुलसी घिमिरेको फिल्म 'पहाड' को अन्तर्राष्ट्रिय प्रदर्शन मिति घोषणा गरेको छ।
- फिल्म १७ अप्रिल (४ बैशाख) देखि अस्ट्रेलिया र न्यूजिल्यान्डका मल्टिप्लेक्समा प्रदर्शनमा आउनेछ।
- अमेरिका र बेलायतमा प्रदर्शन मिति तय हुन बाँकी छ भने खाडी क्षेत्रमा शान्ति बहालीपछि वितरण थालिने कम्पनीले उल्लेख गरेको छ।
काठमाडौं । वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले तुलसी घिमिरेको आगामी फिल्म ‘पहाड’ को अन्तर्राष्ट्रिय प्रदर्शन मिति घोषणा गर्न थालेको छ । यसको सुरुवात पूर्वी एसियाली मुलुकहरू अस्ट्रेलिया र न्यूजिल्यान्डदेखि सुरु भएको छ ।
जसअनुसार, १७ अप्रिल (४ बैशाख) देखि यो फिल्म ती दुई मुलुकमा प्रदर्शनमा आउनेछ । अस्ट्रेलियाका इभेन्ट्स सिनेमा, होवेट्स सिनेमा र भिलेज सिनेमा लगायतका मल्टिप्लेक्समा फिल्म रिलिज हुने जनाइएको छ ।
नेपाली समुदायको धेरै बसोबास रहेका थलो सिड्नी, मेलबर्न, पर्थ, एडिलेड र होबार्टमा फिल्म रिलिज हुने जनाइएको छ । अष्ट्रेलियन क्यापिटल टेरिटोरी अन्तर्गत क्यानबेरामा पनि केही शो हुने सम्भावना छ ।
मुलुकका सबैजसो मल्टिप्लेक्स चेनमा फिल्म रिलिज हुने उक्त कम्पनीले उल्लेख गरेको छ । अमेरिका र बेलायतको प्रदर्शन मिति तय हुन भने बाँकी छ । अमेरिका-इरान द्वन्द्वयता पश्चिम एसियामा नेपाली फिल्म प्रदर्शन र वितरण हुन सकेको छैन ।
खाडी क्षेत्रमा शान्ति बहालीपछि फिल्मको वितरण थालिने सेभेन सिज इन्टरनेसनलले उल्लेख गरेको छ । एक महिनाअघिदेखि सुरु भएको युद्धको कारण त्यहाँको फिल्म प्रदर्शन पनि प्रभावित भैरहेको छ । त्यहाँको हलमा दर्शकीय उपस्थितीमा गिरावट आइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
विपिन कार्की, पञ्चमी घिमिरे, मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री अभिनित फिल्म नेपाली नयाँवर्षको अवसरमा मंगलबार १ बैशाखदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया 4