+
+
Shares

प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक २९ चैत सिंहदरबारमा जारी छ।
  • समितिले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गरिरहेको छ।
  • गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिले नयाँ नियमावली तयार पार्ने काम तीव्र रूपमा अगाडि बढाएको छ।

२९ चैत, काठमाडौं । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ ।

समितिले प्रतिनिधि सभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ ।

गणेश पराजुलीको सभापतित्वमा गठित १५ सदस्यीय समितिको यो बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूबारे छलफल गर्दैछ । समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन प्रश्ताव ल्याउने र छलफल गर्ने क्रममा छन् ।

बैठकमा नियमावलीलाई समसामयिक बनाउने, संसदीय प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने विषयमा जोड दिइएको छ । यो समिति गठन भएपछि नियमावली मस्यौदा तयार पार्ने काम तीव्र रूपमा अगाडि बढेको छ ।

बैठकको नतिजाअनुसार नयाँ नियमावली प्रतिनिधि सभामा पेश हुने अपेक्षा गरिएको छ । बैठकमा समितिका सबै सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?