+

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

२०८२ चैत  २९ गते १३:४५ २०८२ चैत २९ गते १३:४५
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय रग्बी सेभेन्स पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब आमनेसामने हुने भएका छन्।
  • सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ४१–५ ले हरायो भने एपीएफ क्लबले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्‍यो।
  • फाइनल खेल दिउँसो २ बजे दशरथ रंगशालामा हुनेछ र विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

२९ चैत, काठमाडौं । राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ अन्तर्गत पुरुषतर्फको फाइनल समीकरण पूरा भएको छ । दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब उपाधिका लागि आमनेसामने हुने भएका छन् ।

नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा दुवै टोलीले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन्।

पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ४१–५ को फराकिलो जित निकाल्यो । आर्मीको जितमा दिनेश ढकालले दुई ट्राइसहित १० अंक जोड्दै टोलीलाई एकतर्फी जित दिलाए ।

दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्‍यो ।

अब उपाधिका लागि यी दुई विभागीय टोलीबीचको फाइनल खेल दिउँसो २ बजे हुनेछ । समूह चरणमा आर्मी समूह ‘ए’ को विजेता र गण्डकी प्रदेश उपविजेता बन्दै अन्तिम चारमा पुगेको थियो ।

यता एपीएफ समूह ‘बी’ को विजेता रहँदा कोशी प्रदेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो।

प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट महिला र पुरुष खेलाडीले समान ५–५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

राष्ट्रिय रग्बी सेभेन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय