News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय रग्बी सेभेन्स महिला च्याम्पियनसिपको फाइनल त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच हुने भएको छ।
- सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशलाई ३९–० र त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० ले पराजित गरेका छन्।
- पुरुषतर्फ पनि उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् र विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
२९ चैत, काठमाडौं । राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ अन्तर्गत महिलातर्फको फाइनल समिकरण पनि पूरा भएको छ ।
उपाधिका लागि विभागीय दुई बलिया टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब आमनेसामने हुने भएका छन् ।
नेपाल रग्बी संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा दुवै टोलीले सेमिफाइनलमा एकतर्फी प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशमाथि ३९–० को शानदार जित दर्ता गर्यो । दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।
अब उपाधिका लागि आर्मी र एपीएफबीचको रोमाञ्चक फाइनल खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
समूह चरणमा बागमती प्रदेश समूह ‘ए’ को विजेता तथा कर्णाली प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए। यता समूह ‘बी’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बनेका थिए ।
यसअघि पुरुषतर्फ पनि उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब नै भिड्ने भएका छन् ।
तेस्रो स्थानका लागि पुरुषतर्फ कोशी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ बागमती प्रदेश र कर्णाली प्रदेश आमनेसामने हुनेछन् ।
प्रतियोगितामा महिला तथा पुरुष दुवै विधाका विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
साथै उत्कृष्ट महिला र पुरुष खेलाडीले समान ५–५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया 4