News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेको छ।
- स्वास्थ्य मन्त्रालयले आइतबार सेवा सञ्चालन गर्न र अर्को दिन बिदा दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
- कतिपय अस्पतालले जनशक्ति अभाव देखाउँदै आइतबार ओपीडी सेवा बन्द गरेपछि मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म यथासम्भव सेवा प्रवाह गर्न निर्देशन दिएको छ।
२९ चैत, काठमाडौं । सरकारले इन्धन खपत घटाउनका सार्वजानिक क्षेत्रमा शनिबार र आइतबार बिदा गरेको छ ।
स्वास्थ्य क्षेत्र संवेदनशील भएको भन्दै स्वास्थ्य मन्त्रालयले आइतबार सेवा सञ्चालन गर्नु र त्यसको सट्टामा अर्को दिन कर्मचारीलाई बिदा दिन स्वास्थ्य संस्थालाई निर्देशन दियो । तर कतिपय स्वास्थ्य संस्थाले भने स्वास्थ्य मन्त्रालयको निर्देशन मानेन् ।
आइतबार ओपीडी बन्द गरे । सयौं बिरामी लाइनमा कुरे । तर अस्पतालले सेवा नदिएपछि घर फर्किन बाध्य भए । नेपाल चिकित्सक संंघ (एनएमए) ले चिकित्सकलाई सरकारले दोस्रो दर्जाको नागरिकझैं व्यवहार गरेको भन्दै जनशक्ति थप नभएसम्म र सेवा–सुविधाको विषयलाई उठाएर आइतबार सेवा दिन नसक्ने उर्दी जारी गर्यो ।
त्यसपछि स्वास्थ्य मन्त्रालयले आइतबार दिउँसो थप प्रेस विज्ञप्ति जारी गरेको छ ।
मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध जनशक्ति र कार्यभारको आधारमा स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ उक्त कार्यविधि तयार नभएसम्म बिरामीको हितलाई सर्वाेपरि राखी आ-आफ्नो अस्पतालबाट उपलब्ध जनशक्ति र कार्यभारको आधारमा यथासम्भव स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन सम्बन्धित सबैमा अनुरोध छ ।’
कतिपय अस्पताल तथा स्वास्थ्य संस्थाहरूले जनशक्ति अभावका कारण आइतबार ओपीडी सञ्चालन गर्न नसक्ने बताएपछि मन्त्रालयको यस्तो निर्देशन जारी गरेको हो ।
सरकार स्वास्थ्यकर्मीको विश्राम अधिकारबारे सचेत रहेकाले नयाँ कार्यविधिमार्फत स्वास्थ्यकर्मीको हकहित र नागरिकको उपचार अधिकारीबीच सन्तुलन कायम गर्ने व्यवस्थापन तयार गरी कार्यान्यवन गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने अस्पतालहरूलाई धन्यवाद व्यक्त गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार हप्ताको दुई दिन सार्वजनिक बिदा लागु भए पनि बिरामीको हितलाई ध्यानमा राख्दै सञ्चालन गर्ने अस्पताललाई धन्यवाद व्यक्त गरेको हो ।
स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवालाई निरन्तरता दिनु सबैको प्रमुख दायित्व रहेको मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया 4