News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको खुलाएका छन्।
- उनले सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ र सांग्रिला विकास बैंकमा २५ हजार ७६२ प्रमोटर सेयर रहेको उल्लेख गरेका छन्।
- उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख र व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको खुलाएका छन्।
२९ चैत, काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको खुलाएका छन् ।
आज सार्वजनिक सम्पत्ति विवरणमा अर्थमन्त्री वाग्लेले पारिवारिक र रोजगारीबाट कमाएको रकमबाट जोडेको ४५ तोला सुन रहेको खुलाएका हुन् ।
त्यस्तै उनले सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन् ।
उनले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो लखोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् ।
उनले आफूसँग ९४ लाख रुपैयाँको गाडी रहेको पनि बताएका छन् ।
त्यस्तै उनले ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख, व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ र स्ट्याण्डर्ड चार्टड बैंकबाट ७५ लाख रुपैयाँ ऋण लिएर पनि तिरिसकेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4