News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले चेल्सीलाई ३–० ले पराजित गर्दै शीर्ष आर्सनलसँगको अंकदूरी ६ मा झारेको छ।
- सिटीले दोस्रो हाफमा निको ओ’रेली, मार्क गुएही र जेरेमी डोकुको गोलमा जित सुनिश्चित गरेको हो।
- चेल्सी लगातार तेस्रो हारपछि ३२ खेलमा ४८ अंकसहित छैटौं स्थानमा परेको छ।
३० चैत, काठमाडौं । प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले चेल्सीलाई ३-० ले पराजित गर्दै उपाधि दौड अझ रोमाञ्चक बनाएको छ ।
लन्डनस्थित चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई ३-० ले पराजित गर्दै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंकदूरी घटाएको हो । सिटीले अंकदूरी ६ मा झार्दै आर्सनलमाथि दबाब बनाएको छ ।
सिटीको जितपछि उपाधि होड रोमाञ्चक बन्दै गएको छ । सिटीले ३१ खेलबाट ६४ अंक जोडेको छ । एक खेल बढी खेलेको आर्सनल ७० अंकसहित शीर्ष स्थानमा छ ।
अब लिगमा अर्को खेल आर्सनल र सिटीबीच हुने भएकोले उपाधि होडमा यो खेलको नतिजा महत्वपूर्ण हुनेछ ।
चेल्सी भने लगातार तेस्रो हारपछि दबाबमा परेको छ र अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने अभियानमा धक्का लागेको छ । चेल्सी ३२ खेलमा ४८ अंकसहित छैटौं स्थानमा छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सिटीले उत्कृष्ट प्रदर्शन गर्यो । ५१औं मिनेटमा निको ओ’रेलीले गोल गर्दै अग्रता दिलाए । त्यसपछि ५७औं मिनेटमा पूर्व चेल्सी खेलाडी मार्क गुएहीले अन्तर दोब्बर बनाए । ६८औं मिनेटमा जेरेमी डोकुले गोल गर्दै सिटीको जित सुनिश्चित गरे।
प्रतिक्रिया 4