+
+
Shares

भक्तपुरमा बिस्का जात्राको उल्लास (तस्वीरहरू) 

किरातीलाई पराजित गर्न सफल भएपछि लिच्छवीहरूले यो जात्रा मनाउन सुरु गरेको जानकारहरू बताउँछन् । 

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ चैत ३० गते २१:५१

३० चैत, भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्ष सुरु हुनअघि भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्का जात्रा मनाइन्छ । नयाँवर्षको पूर्वसन्ध्यामा अहिले बिस्काको रौनक व्यापक चलिरहेको छ ।

यहाँ बिस्काका अवसरमा विदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि बिस्केट जात्राका लागि घर फर्कने गर्दछन् । भक्तपुर जिल्लाभरि नै बिस्का हर्षोल्लासका साथ मनाइन्छ । यो जात्रामा ऐतिहासिक पक्ष त छ नै, साथसाथै पूर्ण रूपमा तान्त्रिक एवं धार्मिक विधिअनुरूप मनाउने भएकाले यसको विशिष्ठ महत्त्व छ ।

परापूर्वकालमा भने बिस्का जात्रा दुई दिन मात्र मनाइने जानकारहरूको भनाइ छ  । बिस्का जात्राका भक्तपुरको थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा लिइन्छ । भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा यसलाई विश्व जात्रा भनी उल्लेख गरिएको छ । भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको रहेको जानकारहरूको बुझाइ छ ।

बिस्का जात्राको मूल जात्रा भनेकै चैत्र महिनाको अन्तिम दिन विश्वकेतुसहित योसीं द्य:(लिंगां) उठाइ त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सक्रान्तिको दिन उक्त योसीं ढाल्नुलाई मानिन्छ ।

सोहीअनुसार अहिले साँझ भक्तपुरमा लिंगो खडा गरेर ध्वजा फहराइएका छन् ।

किरातीलाई पराजित गर्न सफल भएपछि लिच्छवीहरूले यो जात्रा मनाउन सुरु गरेको जानकारहरू बताउँछन् ।

तस्वीरहरू

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?