News Summary
Generated by OK AI. Editorially reviewed.- गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगितामा काठमाडौं जिल्ला यू–१७, ग्रेट हिमालय र नेक्सस विजयी भएका छन् ।
- काठमाडौं जिल्ला यू–१७ ले रेडियन्ट क्रिकेट एकेडेमी यू–१७ लाई तथा ग्रेट हिमालयले जोरपाटीलाई पराजित गरेको छ ।
- नेक्सस क्रिकेट एकेडेमीले भक्तपुर क्रिकेट सेन्टरलाई हरायो ।
३० चैत, काठमाडौं । गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगितामा काठमाडौं जिल्ला यू–१७, ग्रेट हिमालय क्रिकेट एकेडेमी यू–१७ र नेक्सस क्रिकेट एकेडेमी यू–१७ विजयी भएका छन् ।
पहिलो खेलमा काठमाडौं जिल्ला यू–१७ ले रेडियन्ट क्रिकेट एकेडेमी यू–१७ लाई ५८ रनले हरायो । पहिले ब्याटिङ गरेको काठमाडौंले १५ ओभरमा ८ विकेट गुमाएर १०९ रन बनायो ।
करण यादवले २२, विशाल बुढाले २० र शुभा रेग्मीले १५ रन बनाए । सौर्य सिंह ठाकुरी १२ रनमा अविजित रहे भने अतिरिक्तबाट २७ रन जोडियो ।
बलिङतर्फ रेडियन्टका मुन्ना जयसवालले ४ विकेट लिए भने मोहम्मद आमिरले २ विकेट लिए।
जवाफमा ११० रनको लक्ष्य पछ्याएको रेडियन्ट १३.४ ओभरमा ५१ रनमै अलआउट भयो । मोहम्मद आमिर (१३) र अंकित कुमार (१४) बाहेक अन्य ब्याटर चल्न सकेनन् । काठमाडौंका पारख रसाइली, दिवास क्षेत्री र सौर्य सिंह ठकुरीसहितका बलरले उत्कृष्ट प्रदर्शन गरे ।
दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी यू–१७ ले जोरपाटी क्रिकेट एकेडेमी यू–१७ लाई ८६ रनले पराजित गर्यो । ग्रेट हिमालयले १५ ओभरमा ५ विकेट गुमाएर १४६ रन बनायो । सुप्रिम सुनारले ४१, स्पर्श तामाङले ३१ र अनिकेत गजुरेलले २६ रन बनाए । जोरपाटीका सागर र सोहितले २–२ विकेट लिए ।
१४७ रनको लक्ष्य पछ्याएको जोरपाटी १४.२ ओभरमा ६० रनमै समेटियो । आरोन जंग गिरीले २१ र निमेश योञ्जनले १५ रन बनाए । ग्रेट हिमालयका सागर बी र कमल शाहीले ३–३ विकेट लिए ।
तेस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमी यू–१७ ले भक्तपुर क्रिकेट सेन्टर यू–१७ लाई ७ विकेटले हरायो । भक्तपुर ९.५ ओभरमा ५४ रनमै अलआउट भयो, जसमा श्रेराज वीर श्रेष्ठले १९ रन बनाए ।
नेक्ससका सिमोन पन्तले ४ र लोकेन्द्र कार्कीले ३ विकेट लिए ।
५५ रनको लक्ष्य नेक्ससले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । सरजिल अली मन्सारी १७ रनमा अविजित रहे भने आरव श्रेष्ठले १३ रन जोडे ।
प्रतिक्रिया 4