News Summary
Generated by OK AI. Editorially reviewed.- अठौं राष्ट्रिय पुरुष र सातौं महिला राष्ट्रिय खो खो प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
- पुरुषतर्फ आर्मीले लुम्बिनी प्रदेशलाई १९-१६ र महिलातर्फ १६-४ ले पराजित गरेको छ ।
- उपाधि विजेताले ७५ हजार नगद र मेडल पाए भने उपविजेताले ५० हजार र तेस्रोले २५ हजार प्राप्त गरे ।
१ वैशाख, काठमाडौं । आठौं राष्ट्रिय पुरुष र सातौं महिला राष्ट्रिय खो खो प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
कीर्तिपुरस्थित कभर्डहलमा सोमबार सम्पन्न फाइनलमा आर्मीको दुवै टिमले लुम्बिनीलाई पराजित गर्दै च्याम्पियन बनेको हो ।
पुरुषतर्फको प्रतिस्पर्धात्मक फाईनलमा आर्मीले लुम्बिनी प्रदेशलाई १९-१६ ले पराजित गरेको हो । यस्तै महिलातर्फ पनि फाइनलमा आर्मीले लुम्बिनीलाई १६-४ ले नै हरायो ।
उपाधि विजेता आर्मीको दुवै टिमले ट्रफीसहित ७५ हजार नगद र मेडल प्राप्त गर्दा उपवपजेतालुम्बिनी प्रदेशले ५० हजार प्राप्त गरेका छन् ।
यस्तै दुवै विधामा तस्रो भएको बागमती प्रदेशले २५ हजार हात पार्यो ।
चारदिनसम्म सञ्चालित खेलमा पुरुष समूहमा नेपाली आर्मीसहित आठवटा र महिला समूहमा सात टिमले प्रतिस्पर्धा गरेको नेपाल खो खो संघका अध्यक्ष प्रदिप महर्जनले जानकारी दिए ।
प्रतिक्रिया 4