+
+
Shares

नयाँ वर्षमा पूजाको ‘रत्यौली’ घोषणा, विजयसँग जोडी पक्का

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १३:२२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री तथा निर्मात्री पूजा शर्माले नयाँ वर्ष २०८३ को पहिलो दिनमा फिल्म 'रत्यौली' निर्माणको घोषणा गरिन्।
  • फिल्म 'रत्यौली'मा पूजा शर्मा र अभिनेता विजय बरालले पहिलो पटक जोडी बाँध्नेछन्।
  • सुरज आचार्यले निर्माण गर्ने फिल्म मुस्कान ढकालको निर्देशनमा बन्नेछ।

काठमाडौं । नयाँ वर्ष २०८३ सालको पहिलो दिनमा अभिनेत्री तथा निर्मात्री पूजा शर्माले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् ।

नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको निर्माणमा तयार हुन लागेको फिल्मको नाम ‘रत्यौली’ राखिएको छ । यो फिल्ममा पूजा र अभिनेता विजय बरालको जोडी बाँधिने पक्का भएको छ । विजय र पूजाले फिल्मको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन् ।

मुस्कान ढकालको निर्देशनमा तयार हुने यो फिल्मलाई सुरज आचार्यले निर्माण गर्दैछन् । १ सय भन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका आचार्यले सुपरहिट भारतीय फिल्ममा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन् ।

उनले, ‘उचाई, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम’ लगायतका फिल्ममा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन् । उनै, सुरज ‘रत्यौली’ निर्माणमा अगाडि सरेका हुन् ।

३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह-निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन् । सार्वजनिक पोष्टरमा विजय र पूजा रत्यौलीमा नाँचिरहेको देख्न सकिन्छ ।

पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन् । साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ । यसबाट पनि फिल्म रमाइलो बन्ने विश्वास गर्न सकिन्छ । फिल्मको बिषयमा अरु केही पनि खुलाइएको छैन । पहिलो पटक फिल्मको पर्दामा देखिन लागेका विजय र पूजाको जोडी दर्शकका लागि चासो रुपमा रहने पक्का देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?