News Summary
Generated by OK AI. Editorially reviewed.- जिम्बाबेका पेस बलर ब्लेसिङ मुजराबानीलाई पाकिस्तान सुपर लिग छाडेर आईपीएलमा जान सम्झौता तोडेको कारण २ वर्षको प्रतिबन्ध लगाइएको छ।
- पीएसएलले उनलाई अनुशासनहीन कदम भन्दै कडा कारबाही गरेको र यस्तो घटनामा अन्य खेलाडीमाथि पनि कारबाही हुन सक्ने संकेत गरेको छ।
- मुजराबानी हाल आईपीएलमा कोलकाता नाइट राइडर्सबाट खेलिरहेका छन् र सनराइजर्स हैदराबादविरुद्धको खेलमा ४ विकेट लिएका छन्।
१ वैशाख, काठमाडौं । जिम्बाबेका पेस बलर ब्लेसिङ मुजराबानीलाई पाकिस्तान सुपर लिग (पीएसएल) छाडेर इन्डियन प्रिमियर लिग (आईपीएल) मा जान सम्झौता तोडेको कारण २ वर्षको प्रतिबन्ध लगाइएको छ।
उनी सुरुमा आईपीएल र पीएसएल दुवैको अक्सनमा अनसोल्ड भएका थिए । यद्यपी पछि उनलाई पीएसएलमा इस्लामाबाद युनाइटेडले प्रतिस्थापन खेलाडीका रूपमा अनुबन्ध गरेको थियो ।
त्यसको केही समयमा उनले उक्त सम्झौता छोडेर कोलकाता नाइट राइडर्सबाट आईपीएल खेल्न रोजेका थिए । पीएसएलले यसलाई अनुशासनहीन कदम भन्दै कडा कारबाही गरेको हो ।
पहिले गरिएको सम्झौता हुँदाहुँदै अर्को लिगमा जानु पेशागत नियमको उल्लंघन भएको पीएसएलको ठहर छ ।
मुजराबानी हाल आईपीएलमा कोलकाता नाइट राइडर्सबाट खेलिरहेका छन् र उनले सनराइजर्स हैदराबादविरुद्धको खेलमा ४ विकेट पनि लिएका थिए।
पीएसएलले यस्तै प्रकृतिका घटनामा अन्य खेलाडीमाथि पनि कारबाही हुन सक्ने संकेत गरेको छ ।
प्रतिक्रिया 4