News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको लम्कीचुहा नगरपालिका–७ गुलारामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–८ का ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनार रहेका छन्।
- प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
१ वैशाख, धनगढी । कैलालीमा हाइस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–७ गुलारामा मंगलबार(आज) साँझ सवा ६ बजेतिर सुपप्र ०१००१ ज १४२१ नम्बर हाईस र सुपप्र ०१०१३ प ५४३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि बर्दगोरिया अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4