+

पुलिसलाई हराएपछि मधेश प्रदेश जय ट्रफीका लागि छनोट

२०८३ वैशाख  २ गते १३:५१ २०८३ वैशाख २ गते १३:५१
पुलिसलाई हराएपछि मधेश प्रदेश जय ट्रफीका लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशले पीएम कपको अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले हराउँदै जय ट्रफी क्रिकेटका लागि छनोट भएको छ।
  • मधेशले पुलिसले दिएको १३१ रनको लक्ष्य २४.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो।
  • प्रतियोगितामा पाँचौं जित निकालेको मधेशले ९ खेलमा ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।

२ वैशाख, काठमाडौं । मधेश प्रदेश आगामी संस्करणको जय ट्रफी क्रिकेटका लागि छनोट भएको छ । पीएम कपको अन्तिम लिग खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मधेश जय ट्रफीका लागि छनोट भएको हो ।

बुधबार वीरगन्जमा भएको खेलमा मधेशले पुलिसलाई ४ विकेटले हराएको हो । पुलिसले दिएको १३१ रनको लक्ष्य मधेशले २४.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

मधेशका लागि अरनिको यादवले अविजित ६५ रन बनाए भने रुपेश सिंह पनि २७ रनमा अविजित रहे । ६५-२ को अवस्थाबाट ७७-६ को अवस्थामा पुगेपछि अरनिको र रुपेश मिलेर ५३ रनको साझेदारी गर्दै जित दिलाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिस ४०.३ ओभरमा १३० रनमा अलआउट भएको थियो । कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । शंकर रानाले २७, राशिद खानले १८ तथा दिनेश खरेल र गुल्शन झाले समान १५ रन बनाए ।

मधेशका लागि पवन सर्राफ, रन्जित कुमार र आशिक बैठाले ३-३ विकेट लिँदा अरनिको यादवले १ विकेट लिए ।

प्रतियोगितामा पाँचौं जित निकालेको मधेशले ९ खेलमा ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

हारका बाबजुद पुलिस भने शीर्ष ६ मा अटाएको छ र जय ट्रफी खेल्नेछ ।

नेपाल पुलिस क्लब पीएम कप क्रिकेट मधेश प्रदेश क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय