+
+
Shares

इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

इजरायल-अमेरिका तथा इरानबीचको युद्धका कारण स्थगति पुन: श्रम स्वीकृति खुला गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले इजरायल, कुवेत, बहराइन र लेबनानमा पुन: श्रम स्वीकृति खुला गरेको छ।
  • श्रम मन्त्रालयले ३१ चैत २०८२ को निर्णयअनुसार यी देशमा पुन: श्रम स्वीकृति खुला गरेको हो।
  • इरान र अमेरिकी युद्धका कारण स्थगित पुन: श्रम स्वीकृति खोलिएको र अन्य देशको निर्णय पछि गरिने मन्त्रालयले जनाएको छ।

२ वैशाख, काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ ।

इजरायल-अमेरिका तथा इरानबीचको युद्धका कारण स्थगति पुन: श्रम स्वीकृति खुला गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३१ चैत २०८२ मा बसेको मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुन: श्रम स्वीकृति खुला गरिएको हो ।

इराकका हकमा भने ११ पुस २०८२ को निर्णय बमोजिम हुने गरी श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

श्रम मन्त्रालयले १७ फागुन २०८२ को मन्त्रीस्तरीय निर्णय गर्दै पश्चिम एसिया तथा खाडी मुलुक साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकको श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति स्थगन गरेको थियो ।

इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेस क्याम्प निसाना बनाएर ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दै आएको थियो । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षा चुनौती बढ्न थालेपछि सरकारले श्रम स्वीकृति र पुन: श्रम स्वीकृति स्थगन गरेको थियो ।

३ चैत २०८२ मा साउदी, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुन: श्रम स्वीकृति खुला गरिएको थियो ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा श्रम मन्त्रालयले बाँकी देशको समेत पुन: श्रम स्वीकृति खुला गरेको हो ।

श्रम स्वीकृतिका हकमा भने ती देशको परिस्थिति सामान्य बनेपछि मात्रै निर्णय गरिने श्रम मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?