+
+
Shares

संसद् पुग्यो गौरीबहादुर कार्की आयोगको प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ।
  • आयोगले २४ फागुन २०८२ मा प्रतिवेदन सरकारलाई बुझाएको थियो र तत्कालीन सरकारले सार्वजनिक गर्ने निर्णय गरेको थियो।
  • आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा कारबाही सिफारिस गरेको थियो।

२ वैशाख, काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालय पुगेको छ ।

पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्राप्त भएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार उक्त प्रतिवेदन संसद् सचिवालयको पुस्तकालयमा रहनेछ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले कार्कीको नेतृत्वमा ५ असोज २०८२ मा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी थिए ।

आयोगले २४ फागुन २०८२ मा आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले नै यो प्रतिवेदन सार्वजनिक गर्ने भनेको थियो ।

आयोगले गरेका कतिपय सिफारिस वर्तमान सरकारले कार्यान्वयनमा समेत लगिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस भएको थियो ।

त्यसअनुसार दुवै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । अदालतको आदेशबाट दुवै जना रिहा भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?