+
+
Shares

यूएईले दियो १२८ जना नेपालीलाई आममाफी

रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त अरब इमिरेट्सले रमजानको अवसरमा १२८ जना नेपाली कैदीलाई आममाफी दिएको छ।
  • परराष्ट्र मन्त्रालयले यूएई सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गरेको छ।
  • यूएईको अबुधाबीस्थित नेपाली दूतावासको समन्वयमा माफी प्रक्रिया सम्पन्न भएको हो।

२ वैशाख, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

‘पवित्र रमजानको शुभ अवसरमा १२८ नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकारले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धमा थप सौहार्दता प्रदर्शन गरी मानवनीय आधारमा माफी दिएकोमा आभार व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालले यस कार्यको उच्च मूल्यांक गर्न पनि उल्लेख गरेको छ ।

नेपाल सरकारको आग्रहअनुसार यूएईको अबुधाबीमामा रहेको नेपाली दूतावासको समन्वयपछि माफी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?